Saturday, June 18, 2011

डिलिट वा फरम्याट भई सकेको फाइल फेरी प्राप्त (Recover) गर्ने तरिका

तपाईंलाई अबस्य पनि कहिले न कहिले यस्तो समस्या परेको नै होला कि आफ्नो महत्वपूर्ण फाइल वा फोल्डर गल्तीले डिलिट भएको ? अथवा कुनै समस्याको कारण आफ्नो कम्प्युटर फरम्याट गर्नु परेको । कुनै न कुनै कारण यस्तै कुनै महत्वपूर्ण फाइल वा फोल्डर गुमाउनु परेको । त्यो डिलिट भई सकेको फाइल फेरी पाउन सकिन्छ ? अबस्य पनि, त्यसको लागि "Data Recovary" सफ्टवयर प्रयोग गर्नु पर्ने हुन्छ । यस्तै सफ्टवयर बारे पहिले पनि जानकारी दिई सकेको थिए .
यस्तै ठुलो समस्या समाधानको लागि यहाँ यस्तै एउटा software बारे जानकारी दिन गईरहेको छु , मात्र 2MB साइजको यो पोर्टेबल software बाट तपाईंले आफ्नो Disk Drive मात्र हैन आफ्नो USB PenDrive वा Memory Card बाट समेट Delete भई सकेको Data पुन प्राप्त गर्नु सक्नु हुनेछ ।
यो software Portable मा उपलब्ध छ यसको मतलब तपाईंले यसलाई कम्प्युटरमा install गरी राख्नु पर्ने जरुरत पर्ने छैन ।

बस यो software लाई download गर्नुहोस् unzip गर्नुहोस् र "PowerDataRecovery.exe" फाइल खोल्नुहोस् ।

भर्खरै Delete भएको फाइल पाउन चाहनु हुन्छ भने सुरुको "undelete Recovery" option लाई छान्नुहोस् (click गर्नुहोस् )
त्यहा तपाईंले home tab मा ४ वोटा option पाउनु हुनेछ ।

file कुन patrition मा थियो क्लिक गर्नुहोस् र "Recover" box मा क्लिक गर्नुहोस् ।

बाँया तिर फाइल वा फोल्डरहरुको list देखिनेछ त्यहा कुन फाइल हो छान्नुहोस् र बिचमा कुन फाइललाई recover गर्नु पर्ने हो tick मार्क लगाउनुहोस् र दाँया तिर भएको Save Files बक्समा क्लिक गर्नुहोस् ।

त्यस्तै format भईसकेको Disk बाट Data फर्काउनु छ भने Advanced Recovery tab मा क्लिक गर्नुहोस् र same procress गर्नुहोस् ।

सबै प्रकृयाको लागि Disk को size अनुसार केही टाईम लाग्न सक्छ ।


नोट : यो सफ्टवयर जती उपयोगी छ त्यती खतरनाक पनि किनभने तपाईंले कुनै त्यस्तै फाइल जानी जानी अरुले नहिरोस वा नदेखोस् भनेर डिलिट गर्नु भएको छ भने पनि कसैले यही software को प्रयोग गरेर तपाईंले डिलिट गर्नु भएको फाइल प्राप्त गर्न सक्छ ।

No comments:

Post a Comment